बुटवल, वैशाख २ ।
एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक ) कार्यक्रम गरेको छ । विश्व सम्पदा दिवस २०२३ को अवसरमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नविन बिष्टको नेतृत्वमा बैंकका कर्मचारीको सहभागितामा हेरिटेज वाक भएको हो ।
कार्यक्रममा सहभागीले साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।
बुटवल ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट शुरु भएको सम्पदा पदयात्रा बुटवलको राममन्दिर लाइन, सङ्गमपथ, जेसीज चोक, हाटबजार, अमरपथ, ब्लड बैंक , नेपालगन्ज रोड हुदै कालिका मन्दिर पुगेर समापन भएको थियो ।
बोल्दै एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउन शुरु गरेकाे बताए ।उहाले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै बुटवल स्थित कालिका मन्दिर सम्म पदयात्रा गरिएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धक युवराज पाठक, संचालक प्रबन्धक सुन्दर थापा लगायत प्रदेश कार्यालयका कर्मचारीहरु, शाखा प्रबन्धकहरु एवं कर्मचारीहरुको सहभागीता रहेको थियो ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)