बुटवल,वैशाख १ ।
नेपाल शिक्षक संघको केन्द्रिय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । काठमाडौँमा भएको नवौं महाधिवेशनमा ७ मतान्तरमा गिरीले बाजी मारेका हुन् ।
गिरीले ३०५ मत पाएर बिजयी हुँदा अध्यक्षका प्रत्यासी गाेकर्ण बहादुर बानियालाई २९८ मत प्राप्त भएको हाे । वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निर्वाचित भएका छन्।
प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।
महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित गिरी कांग्रेस संस्थापनइतरनिकट छन् भने पराजित भएका बानियाँ संस्थापननिकट हुन्।शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। संघको अधिवेशनमा ६०७ मत खसेको थियो।
हेराैँ अन्तिम मतपरिणाम तालिकामा :

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)