Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्लव अफ बुटवल चौतारी र चौराहा अस्पतालबिच सम्झौता, उपचारमा छुट पाउने

रोटरी क्लव अफ बुटवल चौतारी र चौराहा अस्पतालबिच सम्झौता, उपचारमा छुट पाउने

  • 963
    SHARES

  • रोटरी क्लव अफ बुटवल चौतारी र चौराहा अस्पतालबिच सम्झौता, उपचारमा छुट पाउने

    बुटवल,वैशाख १ ।

    रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरु दुर्घटनामा परि घाईते भएमा बुटवलमा रहेको चौराह अस्पतालबाट विशेष छुटमा उपचार सेवा पाउने भएका छन् ।

    सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएका विरामीहरुको प्रभावकारी औषधि उपचार गर्ने हेतुले बुटवल नगरपालिका वडा नं. ११ मा चौराह हस्पिटल प्रा.लि. र रोटरी क्लव अफ बुटवल चौतारी बीच सहमती भए संगै विरामीले उपचार सेवामा विशेष छुट पाउने भएका हुन ।

    ‘यो सम्झौताले हाम्रा सदस्यहरुले राम्रो र शुलभ मुल्यमा उपचार पाउनेछन् । देख्दा सामान्य लागेपनि यसबाट धेरैले लाभ लिने निश्चित छ’ रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसीले भने ।कुनै सदस्यहरुको सवारी साधन दुर्घटना भई अथवा कुनै कारणले घाइते भएमा उपचारका लागि क्लवले सिफारिस गरेको अवस्थामा अस्पतालले सम्पूर्ण खर्चको जिम्मेवारी लिने गरी अस्पताल संग सम्झौता भएको क्लवका अध्यक्ष सन्तोष केसीले बताए ।

    साथै उनले उपचारार्थ आउनु विरामीहरुको लागि नियमित शुल्कमा पनि छुट प्रदान गरिने सम्झौता भएको बताए ।अस्पतालका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवरले बेड चार्ज, सम्पुर्ण परिक्षण, अप्रेसन चार्जमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने गरी क्लव संग सम्झौता भएको बताए ।hoss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology