काठमाडौं,वैशाख १ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’’
साथै उहाँले यो वर्ष भरोषा र आशाको वर्ष हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)