बुटवल,चैत्र ३० ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यसम्पादन उत्कृष्ट ठहरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको नगर प्रमुख राम कृष्ण खाणले दिनुभयो ।
हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार नतिजा सार्बजनिक गरेको हो ।
वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, ,शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वित्तीय एवं आर्थिक व्यवस्थापन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका देशभरका पालिकाहरु मध्ये चौथों स्थान र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको हो ।
‘नगरलाइ मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेका छौँ,राम्रो नतिजा आएको छ,अझै राम्रो गर्नेछौँ उहाले भन्नुभयो ।’
अहिलेको प्राप्त उपलब्धीले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्याएको नगरप्रमुख खाँणको दाबी छ ।गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो ।
भौतिक तथा सामाजिक विकासका क्षेत्रमा काम गरिरहेको उहाँको उहाँको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ ।
नगरपालिकाले हरियाली तथा सरसफाइ अभियान,सुर्तीजन्य पदार्थ गुड्खामा बेचबिखनमा रोक,नो हर्न अभियान लगायतका रचनात्मक अभियान चलाइरहेको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)