Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा ४५ करोड लगानीसहित आवास ग्रुपले गर्याे एकैपटक दुइवटा उद्योग शिलान्यास,एकको उद्घाटन

रुपन्देहीमा ४५ करोड लगानीसहित आवास ग्रुपले गर्याे एकैपटक दुइवटा उद्योग शिलान्यास,एकको उद्घाटन

  • 10.3K
    SHARES

  • रुपन्देहीमा ४५ करोड लगानीसहित आवास ग्रुपले गर्याे एकैपटक दुइवटा उद्योग शिलान्यास,एकको उद्घाटन

    बुटवल, मंसिर १५ -

    आवास ग्रुपले रुपन्देहीमा एकैपटक दुई वटा नँया उद्योगको शिलान्यास र अर्को एक उद्योगको उत्पादन शुभारम्भ गरेको छ । सोमबार एक समारोहका बिच तिलोत्तमा–१७, गंगोलियामा ज्याकोर पाईप एण्ड फिटिङ कम्पनीको भवन शिलन्यास गरिएको हो ।

    डेढ विगाहा क्षेत्रफलमा निर्माण हुने उद्योगको पूर्वाधारमा २० करोड रुपैया लगानी रहेको छ । यहा पिभिसि, एचडिपि, सिपिभिसि, युपिभिसि लगायत पाईप एण्ड फिटिङका उत्पादन हुने आवास ग्रपका संचालक महेश थैवले बताए ।avash group.jpg

    यसअघिबाट आवास ग्रुपबाट जे आई फिटिङ उत्पादन हुँदै आएको थियो ।करीब ६ महिनामा फैक्ट्रीको पुर्वाधार र मेशिन जडान भएर बजारमा उत्पादन जाने उनले बताए ।

    यसैगरि सोमबार नै देवदह–१०, भलुहीमा आवास ग्रुपको डुंगारी गार्मेन्ट इन्डष्ट्रिज प्रालिको शिलन्यास गरिएको छ । एक समारोहका बिच देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्री, वडा नं १० वडाअध्यक्ष एक बहादुर सुनार, संचालक यज्ञश्वर थैव, राजेश थैवसहित थैव परिवारले नया उद्योग भवनको विधिवत शिलन्यास गरेका हुन ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले देशमा उद्योग ब्यापार बढाउदै युवाहरुलाई स्वरोजगार बनाउने नीति सरकारको हुनुपर्ने बताए । करिब ११ कठ्ठा क्षेत्रफलमा निर्माण हुने उद्योगमा पहिलो चरणमा २५ करोड रुपैया लागत रहेको छ । जिन्स पाईन्ट, जुत्ता लगायत परिकारहरुलाई डुगारी भनिन्छ । उद्योगबाट ५ सय जनाले रोजगार पाउने छन ।

    यसैगरि देवदहमा नै लिडर्स ट्याप्स एण्ड भल्भ प्रालिको समेत उत्पादन शुरु भएको छ । आवास ग्रुपको देवदहमा खानेपानीमा प्रयोग हुने गन मेटलका फिटिङहरु, बाथरुम सेटहरु उत्पादन तथा हेल्मेट, लेगार्ड र फर्निचर समेत गरि पाच वटा फैक्ट्री रहेका छन् । avash a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology