बुटवल,चैत्र २९ ।
ज्ञानपुञ्ज वोर्डिङ स्कुल बुटवल ११ नहरपुर रूपन्देहीको नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका अध्यक्ष गंगाराम ढकालको अध्यक्षता तथा बुटवल उपमहानगरनगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ८ नगरस्तरिय परिक्षमा फोर जिपिए ल्याउने ४ जनालाई जनही नगद १५ हजार सहित सम्मान प्रदान गरिएको छ ।
सो अबसरमा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री ,प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे,हिसान रूपन्देही अध्यक्ष दिनेश भुसाल, बुटवल उपमहानगरपालिका शिक्षा बिकास शाखा प्रमुखा टिकाराम पन्थी,संस्थापक प्राचार्य तोयाराम पौडेल, सहायक प्रअ हिमलाल न्यापाने,अतिरिक्त कृयाकलाप प्रमुख हरि भट्टराई लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट बनेका बिद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको हो भने शैक्षिकसत्र २०७९ का उत्कृष्ट बिद्यार्थीलाई समेथ पुरस्कार प्रदान गरिएको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)