Logo बिहिवार, आश्विन १ गते २०८३
images

आर्थिक मन्दी : ‘बुटवलको व्यापारलाई बचाउँन घर भाडा घटाऔँ’

आर्थिक मन्दी : ‘बुटवलको व्यापारलाई बचाउँन घर भाडा घटाऔँ’

  • 2.4K
    SHARES

  • आर्थिक मन्दी :  ‘बुटवलको व्यापारलाई बचाउँन घर भाडा घटाऔँ’

    बुटवल,चैत २८।

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदान-प्रदान तथा भित्रेपात्रो विमोचन गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले बुटवलको व्यापार पछिल्लो समय कम हुँदा त्यसको प्रत्यक्ष मारका खुद्रा किराना व्यापारीहरू परेको गुनासो गरे ।

    सङ्घका अध्यक्ष  मोहन बस्यालको अध्यक्षता भएको कार्यक्रमका बोल्ने वक्ताहरूले प्रदेशको राजधानी सर्नु,बुटवलका सडक समय नबन्नु,कोरोनापछि आर्थिक मन्दी लाग्नु जस्ता कारणले व्यापार घटेको अव बुटवलको व्यापारलाई बचाउनको लागि घर भाडा घटाउनु पर्ने,बैक व्याज तिर्न समय दिनु पर्ने ,दोहोरो कर कम गर्नुपर्ने माग राखेका थिए।

    कार्यक्रमका देउराली उपभोक्ता सहकारीका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने,पूर्व अध्यक्ष कमला गौतम,लक्ष्मण न्यौपाने,केशव कुँवर क्यालेन्डर  प्रकाशन संयोजक यमलाल वेल्वासे ,प्रेस सल्लाहकार तेजेन्द्र केसी,बुद्ध टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवाली,सङ्घका महेन्द्र प्रसाद पोखरेल,क्षेत्रगत संयोजक विमला गुप्ता,विज्ञापन दाता गङ्गा सागर पन्थ लगायतले बाेल्दै नयाँ अभियान चालेर बुटवल र बिजनेश बचाउँनुपर्ने बताए । महासचिव गोपाल कुमार प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology