Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति पौडेललाई जितगढी उत्सवका लागि निमन्त्रणा

राष्ट्रपति पौडेललाई जितगढी उत्सवका लागि निमन्त्रणा

  • 1.5K
    SHARES

  • राष्ट्रपति पौडेललाई जितगढी उत्सवका लागि निमन्त्रणा

    बुटवल,चैत्र २८ ।

    राष्ट्रपति रामचन्द्र पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ।
    भेटवार्तामा नगर प्रमुख पाण्डेयले राष्ट्रपति पौडेललाई बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिनुभएको छ।

    आगामी वैशाख ७ गते मनाइने जितगढी उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिदै पाण्डेयले बुटवलको जितगढीमा नेपालले अंग्रेजसँगको युद्धमा जित हासिल गरेको र सोही कारणले नेपालको भूभाग सुरक्षित रहेको बताउनुभयो ।

    उहाँले बुटवलले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा विकास गरिरहेको र बुटवलमै निर्माणाधीन संग्रहालयले देशविदेशका पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो। पाण्डेयले बुटवलको विकासमा स्थानीय सरकारका तर्फबाट सक्दो प्रयास गरिरहेको र आफ्नो कार्यकालमा बुटवललाई उपयुक्त पर्यटकीय विश्रामस्थल र सबैको रोजाइको शहरका रुपमा स्थापित गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

    भेटका क्रममा राष्ट्रपतिले जितगढी उत्सवमा आफु सहभागी हुने गरी तयारी गर्ने बताउनुभयो । उहाँले बुटवलप्रति आफ्नो सद्भाव रहेको बताउदै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताउनुभएको थियो । राष्ट्रपति पौडेलसँग सोमबार राष्ट्रपति निवासमा नगर प्रमुख पाण्डेय, प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्यसहितको टोलीले भेट गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology