Logo बिहिवार, आश्विन १ गते २०८३
images

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम

  • 924
    SHARES

  • उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम

    काठमाडौँ,  चैत २८ ।

    आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन गरेको छ ।

    बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयम् सेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो ।

    तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र न १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गर्नुभएको थियो ।

    निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती मतदाता शिक्षा स्वयम् सेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक रु एक हजार भत्ता दिनेछन् ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology