Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भ्रष्टाचार र कमिशनतन्त्र मौलाएका कारण राजावादीको चलखेल बढ्यो : कांग्रेस नेता शाह

भ्रष्टाचार र कमिशनतन्त्र मौलाएका कारण राजावादीको चलखेल बढ्यो : कांग्रेस नेता शाह

  • 3.0K
    SHARES

  • भ्रष्टाचार र कमिशनतन्त्र मौलाएका कारण राजावादीको चलखेल बढ्यो : कांग्रेस नेता  शाह

    बुटवल,मंसिर १५ ।

    सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाएका कारण राजावादीको चलखेल बढेको बताउनुभएको छ ।

    पछिल्लो दुई साता देखी मुलुकका प्रमुख शहरहरुमा राजावादीहरुको प्रर्दशन बढिरहेको प्रसंग जोड्दै सभापति शाहले सत्ता संञ्चालकहरु भ्रष्टाचार र कमिशनमा लिप्त हुँदा राजावादीहरुको चलखेल बढ्दै गएको दावी गर्नुभयो ।

    विपी ग्राम सेवा केन्द्र समिति रुपन्देहीको आयोजनामा सोमवार आयोजित १५ सैया अस्पताल शिलन्यास समारोहमा बोल्दै सभापति शाहले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सारेर विकासका गफ दिनेहरु नै राजधानीको विपक्षमा रहेको खुलासा गर्नुभयो ।

    कांग्रेसका तत्कालिन केन्द्रीय कोषाध्यक्ष स्व.रामकृष्ण ताम्राकारको परिकल्पनालाई साकार रुप दिन विपी ग्राम सेवा केन्द्रमा अस्पताल निर्माण गरिएको उहाँले बताउनुभयो ।

    bp-gramma-ma-hospital-silanyas.jpg

    रासायनिक मल खरिदका लागि ११ अर्वको बजेट विनियोजन गर्दा पनि कमिशन नमिल्दा सरकारले किसानका लागि मल खरिद गर्न नसकेको शाहले आरोप लगाउनुभयोे ।विकास भनेको स्वास्थ्य ,शिक्षा , रोजगारी र कृषि क्षेत्रको विकास हो भन्दै कांग्रेस नेता शाहले त्यसका लागि नेपाली कांग्रेसले संसदमा सशक्त आवाज उठाउदै आएको बताउनुभयो ।नेपाली कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले विपी ग्राम सेवा केन्द्रमा स्थापना हुने अस्पतालबाट असहाय तथा गरिव जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सहजहुने बताउनुभयो ।

    स्वास्थ्य , शिक्षा , रोजगारी तथा पूर्वाधार विकास सरकारको दायित्व भए पनि वर्तमान सरकार जनताका अपरिहार्य आवस्यकता पूरा गर्नेमा कमजोर देखिएको टिप्पणी गर्नुभयो ।१८ करोड ४४ लाख कुल लागतमा निर्माण गर्न थालिएको उक्त अस्पतालका लागि तिलोत्तमा नगरपालिकाले गतवर्ष ३० लाख र यस वर्ष २० लाख रकम उपलब्ध गराएको वडा नम्बर ९का वडा अध्यक्ष नारायण न्यौपानेले बताउनु भयो ।

    साढे ५ विगाहा क्षेत्रफल रहेको विपी ग्रामको अस्पताल शिलन्यास समारोहमा विपी ग्राम सेवा केन्द्रका सभापति नेत्र बहादुर राना ,नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल,विपी ग्राम सेवा केन्द्रका सल्लाहकार हरि न्यौपाने , तिलोत्तमा १७ का वडा अध्यक्ष दान बहादुर चौधरी , सेवा केन्द्रका सचिव विनोद न्यौपाने लगाएतले बोल्दै अस्पताल निर्माणले यस क्षेत्रका जनतालाई ठुलो राहात र सहयोग पुग्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology