Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको दाेस्राे अडिओ टेप पनि सार्वजनिक

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको दाेस्राे अडिओ टेप पनि सार्वजनिक

  • 1.3K
    SHARES

  • रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको दाेस्राे अडिओ टेप पनि सार्वजनिक

    काठमाडौँ,चैत्र २८ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।

    ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको कपुरबोटले उल्लेख गरेको छ।अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ।

    ‘दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर। अब यो नहुने कुरालाई बढाएर के फाइदा,’फोनमा ढाकाकुमार भन्ने व्यक्तिले भनेका छन्।उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले ‘त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंलाु भन्दै फोन काटेका छन्।

    सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology