Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘ढाकाकुमार अडियो प्रकरणबारे ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्छु ’ : रवि लामिछाने

‘ढाकाकुमार अडियो प्रकरणबारे ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्छु ’ : रवि लामिछाने

  • 1.1K
    SHARES

  • ‘ढाकाकुमार अडियो प्रकरणबारे ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्छु ’ : रवि लामिछाने

    बारा, चैत २८।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद् ढाकाकुमार श्रेष्ठलाई अडियो प्रकरणमा दोषी देखिए ७२ घण्टाभित्र कारबाही गर्ने बताएका छन् ।

    बाराको गढीमाईमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘दोषी देखिए ७० घण्टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्नुहुनेछ ।’

    उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवादको अडियो सार्वजनिक भएको एक घण्टाभित्रै सांसद श्रेष्ठलाई स्पष्टीकरण सोधेर छानबिन थालिएको समेत बताए ।

    ‘७२ घण्टाभित्र छानबिन गरेर कारबाही अघि बढाउन अल्टिमेटम दिएको छु, देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् । मलाई मतलब छैन’, उनले भनेका छन्, ‘तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घण्टाभित्र छानबिन सकिन्छ ।’

    यो अवधिमा सांसदको रुपमा वा साधारण सदस्यका रुपमा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कुनै कार्य गर्न नदिने भन्दै उनले भनेका छन्, ‘७२ घण्टाको अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो, ७० घण्टा बाँकी छ । ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्छु ।’

    अडियोमा आफ्ना वरपरका मान्छेले मागेको भनिएको भन्दै उनले भनेका छन्, ‘तिनलाई तपाईंका आँगनमा सडकमा घिसारेर ल्याउन सकिन छु भने तपाईंले भनेको कारबाही भोग्न तयार छु ।’ यसका लागि अनुशासन समितिलाई निर्देशन दिएको उनले बताए ।

    ‘७० करोड सुन्नुभएको थियो होला, ७० घण्टा सुन्नुस् अब’, लामिछानेले भने, ‘यदि अडियोमा भनिए जस्तो मेरा वरपरका कोही पनि रहेछन् भने ती जति सुकै वरका हुन् तिनलाई कति पर पुर्‍याउनुपर्छ मलाई राम्रोसँग थाहा छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology