Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा डाइनामिक टेक्नोसफ्टको शाखा शुभारम्भ

बुटवलमा डाइनामिक टेक्नोसफ्टको शाखा शुभारम्भ

  • 5.3K
    SHARES

  • बुटवलमा डाइनामिक टेक्नोसफ्टको शाखा शुभारम्भ

    बुटवल,मंसिर १५ -

    डाइनामिक टेक्नोसफ्टको बुटवलमा शाखा विस्तार गरिएको छ ।  एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि सेवाहरूको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको कम्पनीले यसअघि प्रदेश नं २ र बागमती प्रदेशमा सेवा संचालन गरिसकेको छ ।
    वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनीले लुम्बिनी प्रदेशको बुटवलमा आएको हो ।

    सो शाखाको उद्घाटन कम्प्युटर एशोसियन नेपाल क्यान महासंघका राष्ट्रिय अध्यक्ष नवराज कुवँरले गरे । सो अवसरमा बोल्दै कुवँरले कम्पनीको शाखा बुटवलमा पनि विस्तार भएसँगै आइटीको क्षेत्रमा नयाँ आयाम थपिएको धारणा राखे । विज्ञान र प्रविधिको युगमा डाइनामिक टेकनोसफ्ट प्रालिले नेपाललाई पनि प्रविधिमैत्रि बनाउनमा सघाउ पुग्ने विश्वास पनि उनको विश्वास छ ।

    डाइनामिक टेकनोसफ्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा न्यु होराईजनका प्राचार्य लोकनाथ उपाध्यया, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल,सहप्राचार्य सुमन भुषाल, पामिर एकाडेमीका प्राचार्य माधव अर्याल, क्यानका केन्द्रिय सदस्य नारायण श्रेष्ठ, क्यानका रुपन्देही अध्यक्ष रामुदेव गौतम,लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यकारी अधिकृत दिपक शाहले नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्रायका साथ आइटीको क्षेत्रमा निरन्तर काम गरीरहेको बताए । साथै आगामी दिनमा अन्य प्रदेश तथा जिल्लाहरुमा पनि कम्पनीको शाखा विस्तार गरिने जानकारी दिए ।डाइनामिक टेकनोसफ्ट प्रालि आईटी सेवा प्रदायकहरूको क्षेत्रमा एउटा मान्यता प्राप्त संस्था हो ।

    कम्पनिमार्फत एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवाहरूको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु हामीले दिँदै आएको छ । विश्वव्यापी रुपमा आईटी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्दै नेपाललाई पनि आइटी मैत्री बनाउने र नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्राय कम्पनीको रहको बिजिनेस डेभलपमेन्ट म्यानेजर बिरु क्षेत्रीले जानकारी दिए ।

    मोफसलबाट आइटीको काम ह्याण्डल गर्दा आउन सक्ने चुनौतीको प्रवाह नगरी वीरगञ्जबाट शुरु भएको कम्पनीले अहिले देश तथा विदेशमा समेत शाखा विस्तारको कामलाई निरन्तरता दिएको छ । कम्पनीको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ ।
    डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल ईआरपीरकस्टमाईजड सफ्टवेयर निर्माण, मोबाइल एप्लिकेसन निर्माण, वेबसाइट निर्माण, बल्क एसएमएस समाधान, डोमेन रजिष्ट्रेसन, वेब होस्टिंग, र अनलाइन हाजीरी सुविधा लगायतका सेवाहरु उपलब्ध छन् ।

    देशका ७ वटै प्रदेशहरुमा आफ्ना डीलरहरू र १०० भन्दापनि बढी डिलरहरुको नेटवर्कसँग मिलेर डाइनामिक टेकनोसफ्टको सेवा नेपाल सरकारका विभिन्न निकाय, दुगड ग्रुप, डावर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एशियन थाई फुड्स, देशका प्रतिष्ठित अस्पताल, होटल लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेको जानकारी चिफ अपरेटिंग अफिसर अर्जुन साहले बताए ।

    विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनिले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर देशभरका आठ सयभन्दा बढी विद्यालयहरुलाई समेत सेवा दिइरहेको छ ।

    कोभिड १९ को महामारीको समयमा बैकल्पीक शिक्षाको माग बढेसँगै देशभरका विभिन्न स्थानीय तहहरुले समेत विद्यालय व्यवस्थापन तथा अनलाईन कक्षा सञ्चालनका लागी डाइनामिकको अनलाइन लर्निङ टुल्सहरुको प्रयोग गर्न थालेका छन ।

    यतिमात्रै नभएर डाइनामिक ग्रुपले १ सय १५ जनाभन्दा धेरै युवाहरुलाई रोजगारी समेत प्रदान गरेको छ । आगामी दिनमा अरु युवाहरुलाई पनि यस क्षेत्रतर्फ आकर्षित गरेर रोजगारी दिलाउने डाइनामिक टेकनोसफ्टले प्रयत्न जारी राखेको छ । 

    WhatsApp Image 2020-11-30 at 11.27.32 (1).jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology