Logo बिहिवार, आश्विन १ गते २०८३
images

दीप बोर्डिङ हाई स्कुलमा पुरस्कार वितरण तथा सम्मान

दीप बोर्डिङ हाई स्कुलमा पुरस्कार वितरण तथा सम्मान

  • 1.3K
    SHARES

  • दीप बोर्डिङ हाई स्कुलमा पुरस्कार वितरण तथा सम्मान

    बुटवल,चैत २७ ।

    दीप बोर्डिङ हाई स्कुल बुटवल–८ मा  नतिजा प्रकाशन, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।शैक्षिक सत्र २०७९ मा तहगत र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई पुरस्कृत र अभिभावकलाई सम्मान गरिएको थियो भने विद्यालयमा १० वर्षभन्दा बढी समयसम्म सेवा गर्ने शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा किशोर थापा, विजय सापकोटाको संयोजनमा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरेका थिए ।

    त्यसैगरी दीप साहित्यिक परिवारका विद्यार्थीहरूले शिक्षक पुरुषोत्तम पाण्डेद्वारा लिखित समसामयिक विषयवस्तु समेटिएको हामी कहाँ छौ ? शीर्षकको नाटक प्रदर्शन गरेका थिए भने विद्यालयमा कार्यरत शिक्षिकाहरूले समेत नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले देशको उन्नति र प्रगतिका लागि विद्यार्थीहरूलाई सिप र संस्कारयुक्त शिक्षा दिनुपर्ने, विद्यार्थीहरूलाई पढाइ र व्यावहारिक क्रियाकलापप्रति उत्प्रेरित गर्नुपर्ने बताउँदै दीप बोर्डिङ हाई स्कुलले शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताए ।

    शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरूको समुज्वल भविष्यका लागि शिक्षक र विद्यालयको मात्र नभई अभिभावकको पनि रचनात्मक भूमिका हुने बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार डा। तिलक आचार्यले दीप बोर्डिङ हाई स्कुलले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आगामी दिनमा यस विद्यालयको थप शैक्षिक सफलताको शुभकामना दिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य टीकाराम न्यौपाने, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पिया, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, शिक्षकद्वय पुरुषोत्तम पाण्डेय, विजय सापकोटा, लेखा प्रमुख रेखा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology