बुटवल,चैत २७ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १४ औं स्थापना दिवस मनाईएको छ । क्लवका बर्ष २०२२-२३ का अध्यक्ष झबिन्द्र अधिकारीको अध्यक्षतामा भएको चाटर नाईट कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स ३२५ पी का डिस्ट्रीक गभर्नर पिएमजेएफ नवराज न्यौपानेले क्लवले यसक्षेत्रमै फरक पहिचान र सामाजिक काम गरेको बताउनुभयो ।
उहाँले लायन्स क्लवहरुको सक्रियताले समाज रूपान्तरण भएको बताउनुभयो । सो अबसरमा फस्ट भाइस गर्भनर अर्जुनमान सैजु,सेकेण्ड भाइस गभर्नर पुरुषोतमभक्त प्रधानांग,पिडिजिएमजेएफ महेन्द्र नारायण श्रेष्ठ,सन्दीप कसौधन,क्लवका संस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे,गणेश भट्टराइ,योगेश घिमिरे,ज्योति भण्डारी लगायतले बोलेका थिए ।
सो अबसरमा गभर्नरले गोगदान दिएका र क्लवका सहयोगीहरुलाइ पिनले सम्मान गर्नुभएको सचिव भूमिराज सापकोटोले बताउनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले क्लवको इतिहास र गरिमा बनाउँदै नयाँ काम गर्नुपर्ने बताए ।
अध्यक्ष झबिन्द्र अधिकारीले क्लवलाइ आफ्नो कार्यकालमा योजना अनुसार नै काम गरेको उल्लेख गर्नुभयो । सो अबसरमा मृगौला पिडितलाई सहयोग रकम प्रदान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)