बुटवल,चैत २६ ।
रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम गरेको छ ।
आईतबार बुटवलमा एक कार्यक्रमको बिच नेपाल पार्टी प्यालेस तथा क्याटरिङ ब्यावसायी महासंघका उपाध्यक्ष हरि न्यौपाने, बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष बिष्णु ढकाल, संघका अध्यक्ष लक्ष्मण पोखरेल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, संघका संस्थापक अध्यक्ष घनश्याम पाण्डे, संस्थापक सचिव राजेन्द्र भट्टराई, नवलपरासी क्याटरिङ तथा टेन्ट ब्यवसायी संघका अध्यक्ष ध्रुव पंगेनीले बिमोचन गरेका छन ।
कार्यक्रममा नेपाल पार्टी प्यालेस तथा क्याटरिङ ब्यावसायी महासंघका संस्थापक कोषाध्यक्ष तथा सल्लाहकार प्रभाकर पण्डितले सरकारको मिष्ठान्न ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउने रुपमा महासंघ स्थापना गरिएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष बिष्णु ढकाल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, संघका संस्थापक सचिव राजेन्द्र भट्टराईले पेशाप्रतिको वफादारिता कायम गर्दै सेवाग्राहिको हितमा रहेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष घनश्याम पाण्डे, नवलपरासी क्याटरिङ तथा टेन्ट ब्यवसायी संघका अध्यक्ष ध्रुव पंगेनी, संघका अध्यक्ष लक्ष्मण पोखरेल, संघका सचिव बलराम पौडेलले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने गरि अभियान थाल्नुपर्ने सुझाव दिए । हाल रुपन्देहीमा १ हजार बढी मिष्ठान्न तथा क्याटरिङ ब्यवसायीहरु छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)