Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बागलुङको ढोरपाटनका तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ११ पुग्याे

बागलुङको ढोरपाटनका तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ११ पुग्याे

  • 2.9K
    SHARES

  • बागलुङको ढोरपाटनका तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ११ पुग्याे

    बुटवल,भदौ १८ ।

    बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म ११ जनाको शव फेला परेको छ। नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा ३६ जना बेपत्ता भएको सिडिओ सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार ११ शवमध्ये १ जनाको पहिचान खुलेको छ।

    मृतकमध्ये २६ वर्षीया केश माया विकको पहिचान खुलेको हो। अन्यको सनाखत हुन सकेको छैन।‘घटनास्थलमा ५०-६० को हाराहारीमा प्रहरी र सेना खटिएका छन्’, उनले भने।बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ।घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ।

    अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।Baglung-bobang-Pahiro.jpg

    प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन नपा ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, भाद्र १८ २०७७१२:२८:५९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology