Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘विद्यालयले किताब र पोसाक बेचे कारबाही गरिन्छ ’ : बालेन शाह

‘विद्यालयले किताब र पोसाक बेचे कारबाही गरिन्छ ’ : बालेन शाह

  • 5.8K
    SHARES

  • ‘विद्यालयले किताब र पोसाक बेचे कारबाही गरिन्छ ’ :  बालेन शाह

    काठमाडौं,चैत्र २६ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए ।

    ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक(पटक आइरहेको छ,’ मेयर शाहले भने । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् ।

    मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ मै परिपत्र गरेको थियो । किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत महानगरको चेतावनी छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology