Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘साहित्य जीवनको अभिन्न पाटो हो ’ 

‘साहित्य जीवनको अभिन्न पाटो हो ’ 

  • 921
    SHARES

  • ‘साहित्य जीवनको अभिन्न पाटो हो ’ 

    निरला अर्याल/ दाङ,चैत्र २६ ।

    नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति यादव प्रसाद लामिछानेले समाज परिवर्तनको प्रमुख संवाहक साहित्य भएको बताउनु भएको छ ।

    साहित्यले समाजको चित्रण गर्ने हुँदा साहित्यकार तथा स्रष्टाहरूलाई सम्मान गर्नु पर्ने उहाँको भनाई छ । ।  दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरको २३ औं साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले भन्नुभयो ,- ‘साहित्य जीवनको अभिन्न पाटो हो ’  समाजको हरेक गतिविधिहरुलाई साहित्यिक रचनाबाट परिवर्तन गर्न सहज हुन्छ तर साहित्यलाई  राज्यले प्रोत्साहान नगरेको बताउनु भयो ।

    समय सापेक्ष समाजलाई  विविध क्षेत्र बाट अगाडी बढाउन साहित्यको आवश्यकता रहेको। राम्रा गतिविधि हरुको ओकलत तथा गलत प्रवृत्ति हरुको खबरदारी गर्ने साहित्यीक गतिविधिलाई स्थानीय सरकारले समेट्न जोड दिनुभएको छ  ।

     समग्र सृष्टिलाई साहित्यको माध्यमबाट चिनाउन सक्ने क्षमता साहित्यमा हुन्छ उहाँले भन्नुभयो ।   विशिष्ट अतिथि खगराज न्यौपाने देशमा राणा शासनको विरुद्ध पनि  विभिन्न स्रष्टा हरुले साहित्यको बिगुल फुक्ने गरेको बताउनु भयो ।

    दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष्य डिल्लीराज गौतम श्रीधरको अध्यक्षतामा भएको कार्यक्रम मा साहित्यकार काशीनाथ न्यौपाने, मेघलाल केसी, जोशिमा कँडेल, इलाम जिल्लाका साहित्यकार एकल गोगने अर्जुन कुमार न्यौपाने ,, नवराज रजौरे, रामहरी रिजाल, भवानी न्यौपाने भावना, सुनसरी का साहित्यकार देवी प्याकुरेल, काठमाडौँ का साहित्यकार डा काशीनाथ न्यौपाने, हिरामणि दुखी, अर्जुन पौंडेल ,  इन्द्र केसी लगायतकाले  आफ्नो रचना राख्नु भएको थियो ।

    साहित्यकार मेगलाल आत्रेय केसी को  ूूसुपुस्पका विज पुस्तकूू विमोचन भएको छ  ।  पुस्तकको समीक्षा श्रीधर शर्माले गर्नु भएको थियो । कार्यक्रम मा  २३ जना स्रष्टाहरूलाई सम्मान गरिएको छ ।  प्रगति प्रतिवेदन डिल्ली रेग्मी तथा आर्थिक प्रतिवेदन श्रीधर शर्माले गर्नु भएको कार्यक्रममा  स्वगत मन्तव्य साहित्यकार तिलक न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन शेशमनी रिजाल ले गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology