Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्नेछ’ :पूर्वमन्त्री जनार्दन शर्मा

‘संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्नेछ’ :पूर्वमन्त्री जनार्दन शर्मा

  • 1.2K
    SHARES

  • ‘संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्नेछ’ :पूर्वमन्त्री जनार्दन शर्मा

    बुटवल,चैत्र २५ ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारका सामु जनताका आकांक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्।प्रेस सेन्टर रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले सरकारको दायित्व संविधान कार्यान्वयनमार्फत जनताका अपेक्षा पूरा गर्नुपर्ने रहेको बताएका हुन्।

    सबै राजनीतिक दलहरूले सार्वजनिक मुद्दाहरूमा सहमति गरेर संविधानको मर्म र भावनाअनुसार अगाडि बढनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको उनको भनाइ थियो।

    पछिल्लो समय मुलुकमा देखिएको आर्थिक संकटसँग जुध्न उत्पादनमा जोड दिनुपर्ने पूर्वमन्त्री शमाएको भनाइ थियो। राष्ट्रिय अन्र्तराष्ट्रिय मुद्दामाभन्दा पनि अब सिंगो देश र जनतालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए। ‘के कारणले अर्थतन्त्र कमजोर भयो भन्ने कुरा सबैलाई छर्लंग भइसकेको विषय हो,’ शर्माले भने, ‘अब जनतालाई उत्पादनसँग जोड्ने गरी योजना लागू गर्नुपर्छ।’

    पूर्वअर्थ र गृहमन्त्री समेत रहेका शर्माले सरकारले न्यूनतम साझा कार्यक्रममा समेत नागरिकको अपेक्षाअनुसार विकास र समृद्धिका मुद्धालाई कार्यान्वयन गर्ने बताए। ‘संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्नेछ’ उनले भने।

    नागरिकमा विकास र समृद्धिको चाहना पूरा नभएकै कारण नेताहरूप्रति प्रश्न उठिरहेको उनले बताए। ‘विकास र समृद्धिको ऐजेन्डा पूरा नगरि भाग्ने छुट हामीलाई छैन’ उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology