गुल्मी ,चैत्र २३ ।
गुल्मी जुनियामा पञ्चेबाजाका साथमा शुक्ष्म शिक्षा शिला दृश्य विन्दुको दोस्रो बार्षिक उत्सव मनाइएको छ ।
गुल्मी जुनियाँ तराई सम्पर्क समाजका संस्थापक अध्यक्ष खड्क बहादुर शाहीले भ्यु पोईन्ट पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य बन्दै गएको बताए । शाहीले भ्यू पोईन्टले भार्से देउरालीमा बन्दै गरेको बौद्ध स्तुपालाई समेत प्रर्वद्धन गर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै डा. लाल बहादुर मल्लले भ्यु पोईन्टले शिक्षामुलक क्षेत्रमा काम गरेको बताए । उनले यसलाई अझ बढि प्रचार प्रसार गरी आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सकिने बताएका थिए ।
बार्षिक उत्सवको अवसरमा किवांनिस क्लवका केन्द्रीय सल्लाहकार दिपेश शाही, डा. लाल बहादुर मल्ल, भिष्म शाही, प्रकाश ढकाल लगायतले शुभकामना दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)