Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व हिन्दु महासंघ नेपालको अध्यक्षमा डा.रामचन्द्र अधिकारी 

विश्व हिन्दु महासंघ नेपालको अध्यक्षमा डा.रामचन्द्र अधिकारी 

  • 3.6K
    SHARES

  • विश्व हिन्दु महासंघ नेपालको अध्यक्षमा डा.रामचन्द्र अधिकारी 

    बुटवल,चैत्र २३ ।
    विश्व हिन्दु महासंघ नेपालको अध्यक्षमा पुनः डा.रामचन्द्र अधिकारी निर्वाचित हुनु भएको छ । महासंघको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले पुनः अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

    नवनिर्वाचित कार्यसमितिको सहअध्यक्षमा शंकर खराल निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा यज्ञप्रसाद ओली (कोशी), ज्योत्सना साउद (मधेश), दिनेशकुमार सिंजापति (उपत्यका), प्रविण घिमिरे (वागमती), पार्वता पौडेल, मुक्तिराम अधिकारी (गण्डकी), वेनबहादुर पौडेल क्षेत्री (लुम्बिनी), ऋषिकेशजंग शाह (कर्णाली) र राजप्रसाद जोशी (सुदुरपश्चिम) निर्वाचित हुनुभएको छ ।

    त्यस्तै महासचिवमा रामचन्द्र तिवारी निर्वाचित हुनु भएको छ भने सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ र सीता घिमिरे, सचिवमा पुनाराम पोखरेल, प्रेमप्रकाश खड्का, नेत्रनाथ पौडेल र राधा गिरी पण्डित सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । त्यस्तै महाधिवेशनबाट कार्यसमिति सदस्य पदमा ६६ जना निर्वाचित हुनुभएको छ ।ramchandra adhikari.jpg

    ‘विश्व भरिका ॐ कार परिवारको एक मात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ भन्ने मुल नारा अगाडी बढाइएको विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।महासंघले चैत २१ र २२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आठौं महासभा सम्पन्न गरेको हो ।यहाँ १ हजार ५ सय प्रतिनिधी,पर्यवेक्षकहरुको सहभगिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology