Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा २१ किलाेमिटरको हाफ म्याराथन

लुम्बिनीमा २१ किलाेमिटरको हाफ म्याराथन

  • 1.7K
    SHARES

  • लुम्बिनीमा २१ किलाेमिटरको  हाफ म्याराथन

    बुटवल,चैत्र २३ ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । 

    नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभयो । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । 

     प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष  खेलाडी  सहभागी छन् ।  मायादेवी  मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीले लुम्बिनी वरपर दुई फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने आयोजक संस्था मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु ७५ र तेस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।  यस्तै महिलातर्फ प्रथम हुनेलाई रु एक लाख ५१ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । दुवै विधामा दशौँसम्म स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology