Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घट्यो

डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घट्यो

  • 4.7K
    SHARES

  • डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घट्यो

    काठमाडौँ, चैत २० ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । 

    निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ ।

    सो घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमको भनाइ छ । खाना पकाउने ग्याँसको मूल्य यथावत राखिएको छ ।

    हेर्नुहोस् निगमको निर्णय :petrol.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology