चितवन,चैत्र २० ।
उपनिर्वाचनका लागि चितवन–२ मा रवि लामिछानेले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मंसिर ४ मा यहीँबाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।
चितवन–२ मा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र र यस आसपासका १० वटा वडाहरू रहेका छन् ।
चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा यो पटक एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)