Logo बिहिवार, आश्विन १ गते २०८३
images

वैशाख १० गते  चितवन, बारा र तनहुँमा हुने उपनिर्वाचनको मनोनयन आज

वैशाख १० गते  चितवन, बारा र तनहुँमा हुने उपनिर्वाचनको मनोनयन आज

  • 1.1K
    SHARES

  • वैशाख १० गते  चितवन, बारा र तनहुँमा हुने उपनिर्वाचनको मनोनयन आज

    काठमाडौँ, चैत २० ।

    चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । 

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने बताउनुभयो ।

    उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्नुहुनेछ । 

    उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन मनोनयनका क्रममा गर्न नहुने कामको सूची पनि आयोगले सार्वजनिक गरेको छ ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology