बुटवल, चैत्र १९ ।
अटिजम केयर सोसाइटी लुम्बिनीले विश्व अटिजम जागरूकता दिवस मनाएको छ । अटिजम स्पेन्ट्रम डिसअर्डर रोग नभई एउटा अवस्था हो भनेर समुदायमा सचेतना फैलाउँदै अटिजम भएका व्यक्तिका अभिभावक सहितको ¥यालीले सचेतना फैलाउँदै यो दिवस मनाएका छन् ।
समुदायमा अटिजमको विषयमा चेतना नहुँदा अटिजम प्रभावितहरू उपचारको दायरामा नआएको सोसाइटीका अध्यक्ष डा. सतिश रुपाखेतीले बताए । समुदायमा अटिजमको विषयमा जानकार नहुँदा देवी देउता, कुल लागेको भन्दै हेराउने प्रचलन कायमै रहेको बताए । बोल्दै गरेको बालबालिका एक्कासि बोल्न छाड्दा पछि बोल्ने सक्छन् कि भन्दै कुर्ने गरेका समेत छन् ।
अटिजम भएको थाहा नपाउँदा धेरै पटक देवी देउताको पूजा गरेको गुल्मी की सन्ध्या गिरी बताइन । अटिजम भएको थाहा पाए पछि प्यारेन्ट चाइल्ड थेरापी तालिम लिन सुरु भएको गिरीले भनाइ रहेको थियो । अटिजम भएका बालबालिका लाई अभिभावन बालबालिका थेरापी तालिम प्रदान गराएर उनीहरूको समस्या समाधान गरिने तालिमको सहजकर्ता अनिशा बस्यालले बताइन ।
अटिजम भएको पहिचानको बाल बालिकाले सङ्केत देखाउने हुँदा ती सङ्केतले पहिचान गर्न सकिने अटिजम केयर सोसाइटी लुम्बिनी का मलिका घिमिरेले बताइन । बालबालिकालाई बोलाउँदा नसुने जस्तो गर्ने, आँखा जुधाएर हेर्न नसक्ने, समूहमा समायोजन हुन नसक्ने, एउटै काम दोहोराएर गर्ने जस्ता सङ्केत देखाउने गर्दछन् । त्यस्ता सङ्केत देखा परेमा नजिकको चिकित्सकको परामर्श लिनु पर्ने बताइएको छ ।
अटिजम को बारेमा विश्वभर धेरै नै अध्ययन भएता पनि यसको उपचार पद्धतिको वैज्ञानिक रूपमा प्रमाणित भएको छैन । झारफुक, भाकल फर्काउने, कुल पूजामा विश्वास गर्नु भन्दा शङ्का भए सँगै चिकित्सक वा थेरापिष्टको परामर्श लिन सकेमा बालबालिकाको आनिवानीमा धेरै सुधार ल्याउन सकिन्छ ।
अटिजम भएका बालबालिकाको समयमा पहिचान नहुने र भए पनि अरूले थाहा पाउँछन् भनेर समस्या लुकाउँदा उमेर बढे सँगै धेरै समस्या आउने परामर्षदाताहरुको भनाइ रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)