Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बृहत्तर लुम्बिनीबारे अन्तराष्ट्रिय बिशेषज्ञ समितिमा छलफल, ४२ बुँदे सुझाव पेश

बृहत्तर लुम्बिनीबारे अन्तराष्ट्रिय बिशेषज्ञ समितिमा छलफल, ४२ बुँदे सुझाव पेश

  • 1.3K
    SHARES

  • बृहत्तर लुम्बिनीबारे अन्तराष्ट्रिय बिशेषज्ञ समितिमा छलफल, ४२ बुँदे सुझाव पेश

    लुम्बिनी, चैत १९ ।

    बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो सरक्षण, विकास र पर्यटन प्रवद्र्धनका बिषयमा अन्र्तराष्ट्रिय बिशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्र्तराष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञहरुले पुरातात्विक संरचनाको संरक्षण र दीगो संरक्षण, विकास र पर्यटनमा स्थानीयहरुलाई जोडेर अगाडि बढाउनका ४२ बुँदे सुझाव दिएका छन ।  

    छलफलपछि प्रस्तुत सुझाव सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोले लागू गर्नुपर्नेछ । अन्र्तराष्ट्रिय बिशेषज्ञ समितिमा लुम्बिनी स्थित मायादेवी मन्दिरभित्रको पुरातात्विक संरचनाको संरचनाका बिषयमा गहन रुपमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

    उनका अनुसार लुम्बिनी, तिलौराकोट र बृहत्तर लुम्बिनी क्षेत्रको पुरातात्विक सम्पदा संरक्षण र दीगो विकासका सवालमा अन्र्तराष्ट्रिय विज्ञहरुले गहन छलफल गरेका थिए । संयुक्त राष्ट्र संघको सहयोगमा केञ्जे टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्म अनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यहि गुरुयोजनालाई अनुशरण गर्नुपर्ने समितिले सुझाव दिएको छ ।

    समितिले पर्यटनसँग स्थानीयलाई जोडेर जीवीकोपार्जनमा समेत सहयोग गर्न सुझाव दिएको छ । त्यसैगरि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरणका लागि आवश्यक थप रणनीति बनाउनुपर्नेमा विज्ञ बैठकले जोड दिएको छ । यूनेस्को (जापानीज फण्ड इन ट्रष्ट) अन्तर्गत प्रत्येक वर्ष अन्र्तराष्ट्रिय बिशेषज्ञ बैठक बस्दै आएको छ ।

    समितिको छलफलमा विश्व केन्द्र यूनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्र्तराष्ट्रिय विज्ञ  प्रा.डा. रविन कनिङहम, बरिष्ठ विश्व सम्पदाविद डंकन मार्शल, प्रा. डा. यूकियो निसिमुरा, विज्ञ डा. काई वाईज, यूनेस्कोका नेपाल प्रतिनिधि मिचाल क्राफ्ट, पुरातात्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातात्वविद् बसन्त विडारी, बरिष्ठ बौद्व गुरु डा. लाम, बरिष्ठ ध्यान गुरु बिबेकानन्दले सम्पदाका बिषयको छलफलमा सहभागिता जनाएका थिए ।

    त्यसैगरि लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरूद्दिन मुसलमान, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठ,  सदस्य सचिव सानुराजा शाक्य लगायतको उपस्थिती थियो ।

    समितिको छलफल कार्यक्रम सन् २०२३ मार्च २७ देखि २९ तारिखसम्म लुम्बिनीमा भएको थियो । 339262919_673046501292419_1764286102686967780_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology