बुटवल, चैत १९ ।
बुटवल-पाल्पा सडक खण्ड अब दैनिक ९ घण्टा अबरुद्द हुने भएको छ । सिद्धबाबा सुरुङमार्ग निर्माणलागि चैत २१ गते मंगलबार विहान ११ बजेदेखि अर्को सुचना नआउँदासम्मका लागि सडक बन्द हुनेछ ।
सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिवाट खुकुला ढुंगाहरु पहिरो झरि कार्य गर्न जोखिम भएकाले बाटो बन्द गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुंदा चैत २१ गते मंगलबार विहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राती १० बजे देखि विहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने बताईएको छ ।
सो समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सन्चालनमा अवरोध नहुने बताईएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)