Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध

रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध

  • 1.3K
    SHARES

  • रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध

    बुटवल,चैत्र १८ ।

    रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएको छ । ब्रिटिस व्यवस्थापन ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमा–१४ स्थित एकेडेमी क्याम्ब्रिज स्कूलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै काठमाडौं बाहिरको क्याम्ब्रिज स्कूलमा रजिष्टर हुने पहिलो विद्यालय बनेको हो ।

    विद्यालयका प्राचार्य जिम्मे शेर्पाले कक्षा ७ सम्मका लागि क्याम्ब्रिजमा रजिष्टर भएको बताए । शेर्पाले क्याम्ब्रिजमा जोडिएका विश्वका सबै स्कूलको करिकूलम अनुसार पढाई हुने बताए ।

    ‘क्याम्ब्रिज स्कूलमा आबद्ध १६० वटा देशका स्कूलमा आफ्नो देशको बाहेक अंग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिजको शिक्षण विधि अनुसार पढाई हुन्छ । जसले विश्वमा सबै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाईमा अब्बल बढाउछ ।’ विद्यालयका विद्यार्थीले सातामा कुनै सामाजिक काम गर्नुपर्छ ।

    क्याम्ब्रिज स्कूलमा आबद्ध भएपछि विद्यालयले शुक्रबार अभिभावकहरुको भेला समेत गरेर जानकारी गराएको थियो ।
    विश्वस्तरको नेपाली हावापानी सुहाउदो शिक्षा दिने उद्देश्यले स्थापित एकेडेमीले छोटो समयमै उचाई प्राप्त गरेको विद्यालयका निर्देशक विष्णुप्रसाद भुसालले बताए ।

    विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलापका लागि हुक अफ इडनबरोका लागि अनुमति प्राप्त गरेको छ । विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन । ५ वर्ष अगाडि मोफसलमै अन्तराष्ट्रिय स्तरको रुपमा स्थापित एकेडेमीले छोटो समयमै उत्कृष्ट बन्दै गएको छ । विद्यालयले यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा ३१ जना विद्यार्थी सहभागी रहेका विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology