Logo बिहिवार, आश्विन १ गते २०८३
images

समाजवादी प्रेस संगठन लुम्बिनीको अध्यक्षमा भुसाल, सचिवमा अनुुरागी

समाजवादी प्रेस संगठन लुम्बिनीको अध्यक्षमा भुसाल, सचिवमा अनुुरागी

  • 1.0K
    SHARES

  • समाजवादी प्रेस संगठन लुम्बिनीको अध्यक्षमा भुसाल, सचिवमा अनुुरागी

    बुटवल, चैत १८ ।
    समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समिति पुर्नगठन गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठ सहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितीमा शनिबार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा  २९ सदस्यी समिति पुर्नगठन गरिएको हो ।
     
    संगठनको उपाध्यक्षमा शंकर प्रसाद पाण्डेय (रुपन्देही), महिला उपाध्यक्षमा प्रतिज्ञा बुढा मगर (रोल्पा), सचिवमा दीपक अनुुरागी (कपिलबस्तुु), कोषाध्यक्ष प्रकाश न्यौपाने (रुपन्देही), सहसचिव पदम गैरै (सह–सचिव) सर्वसम्मत चयन भएका छन् ।
     
    त्यसैगरि सदस्यहरुमा लोकनाथ शर्मा,मनोज क्षेत्री,एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्य लगायत चयन भएका छन् । लुम्बिनी प्रदेश समितिमा जिल्ला अध्यक्षहरु पदेन रहने व्यवस्था छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठले नेपालको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यवसायिक पत्रकारिताका पक्षमा उभिने बताए ।

    उनले समाजवादी प्रेस संगठन आलोचनात्मक चेत भएका पत्रकारहरुको संगठन भएको बताए । उनले पत्रकारहरुले जहिल्यै पनि खराब पात्र र प्रवत्तिको विरोध गर्नुपर्ने, समाजका हरेक बिषयलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउँदै संगठनमा लागेकाहरुले त्यहि अनुसार पत्रकारितामा आफूूलाई निखार्न आग्रह पनि गरे ।
     
    त्यस्तै बैठकमा बोल्दै नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव लुुम्बिनी प्रदेश सचिव राजु  गुुरुङले योग्यता, क्षमताका आधारमा पत्रकारिता पेशामा लाग्नुपर्ने बताउँदै समाजवादी प्रेस संगठन कामकाजीहरुको संगठन बनाउनुुपर्ने बताए ।
     
    त्यस्तै बैठकमा समाजवादी प्रेस संगठनका बरिष्ठ उपाध्यक्ष विश्वमणि सुुवेदीले लुम्बिनी प्रदेश कमिटिले नयाँ उर्जाका साथ व्यवसायिक पत्रकारहरुको संगठन बनाउने गरि काम गर्न आग्रह गरे ।

    बैठकमा संगठनका उपमहासचिव रामकुमार एलनले संगठन मजदबुद बनाउने गरि देशव्यापी रुपमा अभियानमा खटिएको बताउँदै संगठनमा संख्या भन्दा पनि पत्रकारितामा गुणस्तर कायम गर्ने गरि काम गर्न आग्रह गरे ।
     
    त्यस्तै बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, संगठनका उपाध्यक्ष शान्तराम विडारी, राजेन्द्र कुँवर,सचिव गोविन्द चौलागाई, अर्का सचिव उत्तर विष्ट, नेकपा एकिकृत समाजवादी रुपन्देहीका जिल्ला उपाध्यक्ष श्रीराम यादव, पार्टी प्रचार विभाग प्रमुख एंव सचिव सरिता श्रीस, विनोद परियार, शंकर प्रसाद पाण्डेय, प्रकाश न्यौपाने, दीपक अनुुरागी लगायतले बोल्दै संगठनलाई मजबुद बनाउने प्रतिबद्धता जनाएका थिए । बैठकले २०७९ बैशाख २० गतेसम्म बाँकी रहेका जिल्ला शाखा गठन गर्ने निर्णय समेत गरेको छ ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology