Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा २१ किलोमिटरको हाफ म्याराथन हुँदै

लुम्बिनीमा २१ किलोमिटरको हाफ म्याराथन हुँदै

  • 4.5K
    SHARES

  • लुम्बिनीमा २१ किलोमिटरको हाफ म्याराथन हुँदै

    बुटवल,चैत्र १८ ।

    रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा राष्ट्रिय भेला तथा प्रतियोगिता हुनेछ ।

    सो कार्यक्रमको उद्घाटन पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

    लुम्बिनी पीस ओपन महिला तथा पुरुष आफ म्याराथुन प्रतियोगिता लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्यारथनको दुरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागि हुन चाहनेहरुले २० चैत सम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ । सो कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलको समेत उपस्थिती हुनेछ ।

    म्याराथन प्रतियोगितामा जिल्ला बाहिरका सहभागि खेलाडिहरुलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताउनुभयो । म्यारथन तर्फ प्रथम हुने पुरुषले १ लाख ५० हजार, द्धितिय हुनेले ७५ हजार, तृतिय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् ।

    त्यसैगरी पाँचौ हुनेलाई २० हजार, छैठौ हुनेलाई १० हजार, सातौ हुनेलाई ७ हजार, आठौ हुनेलाई ५ हजार, नवौ र दशौं हुनेलाई ५-५ हजार दिने उहाँले बताउनुभयो । त्यसैगरी महिला तर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् ।

    त्यसैगरी द्धितिय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौ हुनेलाई २० हजार, छैठौ हुनेलाई १० हजार, सातौ हुनेलाई ७ हजार, आठौ, नवौ र दशौं हुनेलाई ५-५ हजार दिने आयोजकले भनाइ छ । प्रतियोगितामा सयौँको सहभागिता रहने आचार्यको भनाइ छ ।

     त्यस्तै २३ गते हुनै विहान ११ बजे लुम्बिनीमा राष्ट्रिय भेला हुनेछ । सो भेलाको उद्घाटन पनि अध्यक्ष ओलीले गर्नुहुनेछ । भेलामा जिल्ला, पालिका कमिटिका पदाधिकारी घोषणा, विभिन्न खेल विधाका डेमोस्टे«सन र विभिन्न कला संस्कृति झल्कने नृत्य प्रद्र्धशन गरिने कार्यालय सचिव विनोद आचार्यले बताउनुभयो ।

    ०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology