Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुजुकीको ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ बजारमा,भुवन केसीले गरे सार्वजनिक

सुजुकीको ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ बजारमा,भुवन केसीले गरे सार्वजनिक

  • 2.4K
    SHARES

  • सुजुकीको ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ बजारमा,भुवन केसीले गरे सार्वजनिक

    बुटवल ,चैत्र १८।

     नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकोर्व तथा सीजी एनएक्सटीजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । 

    भैरहवाको होटल एसियन बुद्धमा नेपाल चलचित्र बोर्डका अध्यक्ष तथा नायक भुवन केसी र पाठक मोटर्स ग्रुप प्रा।लिका अध्यक्ष सुन्दर पाठकले शुक्रबार एक औपचारिक कार्यक्रमका बीच नयाँ संस्करणको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । 

    नेपालका लागि आधिकारिक विक्रेता पाठक मोटर्स ग्रुप प्रालिका निर्देशक बाबुराम पाठकका अनुसार यो संस्करण ग्राण्ड भिटारा सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । 

    यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्ट फ्युरिजम डिजाइन ल्याङ्गोइजको प्रयोग गरिएको छ । जसले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । नयाँ उत्पादन बारे जानकारी गराउँदै निर्देशक पाठकले भने–‘सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिर्चसहरु पनि पाउन सकिन्छ ।’

    प्रा।लिका म्यानेजर सर्जुना थैवका अनुसार ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक विक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिश र बाहिर सडकहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने उनले बताइन् ।  
    उनका अनुसार पछिल्लो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ ।

    ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक–फरक ड्राइभिङ कन्डिसन हुन जसको लागि एसयूभी उचित हुन्छ ।’–उनले भनिन् । प्रा।लिका सञ्चालक अभिषेक पाठकका अनुसार पानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, चालक र सहचालकलाई भेन्टिलेटेड सीट लगायतका विशेषता ग्रान्ड भिटारामा रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology