Logo बिहिवार, आश्विन १ गते २०८३
images

लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान : ‘पीडकलाई कानुनी प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनैपर्छ’

लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान : ‘पीडकलाई कानुनी प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनैपर्छ’

  • 3.5K
    SHARES

  • लैङ्गिक हिंसा बिरूद्ध १६ दिने अभियान : ‘पीडकलाई कानुनी प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनैपर्छ’

    बुटवल ,मंसिर १३ - 

    लैङ्गिक हिंसा र अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्ने सरोकारवालाले बताएका छन् । उनीहरूले लैङ्गिक हिंसाका अपराधीलाई हदैसम्मको कानुनी कारबाहीको माग समेत गरेका थिए ।

    शनिबार मेचीमहाकाली बुहारी संयुक्त आवाज रूपन्देहीले बुटवलमा आयोजना गरेको लैङ्गिक हिंसा चुनौती र समाधान विषयक अन्तर्किया कार्यक्रममा बोल्ने वक्ताहरूले लैङ्गिक हिंसा सहेर समाजमा नागरिक बस्नु परेको र अपराधीलाई कानुनी दायरामा ल्याउने कानुनको कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए । 

    अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीले लैङ्गिक हिसांमा संलग्नलाई मृत्युदण्डको सजाय कानुनमा संसोधन हुनु पर्ने बताइन् ।

    लुम्बिनी प्रदेश सभा सदस्य दिपा बि.क.ले बोल्दै बलात्कार गरेपनि फाँसी दिन नहुने तर्क गरिन् । उनले महिला तथा बालिका माथि हुने हिंसा अन्त्य गर्नुपर्ने बताउँदै उनले फाँसी दिनु मानवअधिकारको विपरित हुने हुँदा हदैसम्मको कारबाही हुनुपर्ने तर्क गरिन् ।

    प्रतिनिधि सदस्य गीता थापाले महिला महिला बिचको अस्वस्थ बिभेदको अन्त्य गर्नु पर्ने बताइन ।सैनामैना नगरपालिकाका उप प्रमुख तथा संस्थाका सल्लाहकार बिना रानाले बोल्दै महिला हिंसा आफू पनि नगर्ने, अरुलाई गर्न पनि नदिने र त्यसलाई बढावा नदिने काम गर्ने बताइन् ।

    पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष  तथा सञ्चारिका समुह लुम्बिनीका उपाध्यक्ष नीरा गौतम निरूले बलात्कारका कल्पना समेत नगरेका घटनाका समाचार लेख्न पर्दा दुःख लागेको बताउँदै यस्ता समाचार  लेख्दा औंला काँप्ने गरेको  बताइन । संस्थाकी कानुनी सल्लाहकार सीमा बनले महिला हिंसा पुरुषबाट मात्र नभई महिला महिलाको बिचमा रहेको बताई्न ।

    संस्थाकी कानुनी सल्लाहकार अधिवक्ता मिना पाण्डेले कानुनी प्रमाणका आधारमा पीडकलाई कानुनी दायरामा ल्याउन माग गरिन ।  कार्यक्रममा बलात्कारपछि हत्या भएकी करुणा घर्तिकी आमा सम्झना घर्तिले छोरी गुमाउनुदाको पिडा एकातिर हत्यारालाई कानुनी कारवाही नहुँदाको पिडाले आफुलाई पोलिरहने बताइन् ।

    उनले कानुन पैसामा बिकेको बताइन् । आफुसंग अदालतमा लड्नको लागि पैसा नहुँदा न्याय नपाएको गुनासो गरिन् । कार्यक्रममा बुटवल ९ की कार्यवाहक अध्यक्ष बिमला श्रेष्ठ, इनरव्व्हिल क्लब अफ रूपन्देहीका सस्थापक इना उपाध्याय ,देवकला सुवेदी कमाल, सह सम्योजक धनु श्रेष्ठ, सह सचीव इन्द्र बिकलगायतले बोलेका थिए ।

    मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देही शाखाका संयोजक लता खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य लक्ष्मी अर्यालले गरेकी थिइन ।himsaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology