बुटवल, चैत १४ ।
नयाँगाउँ माध्यमिक विद्यालय बुटवल १२ मा मंगलवार अभिभावक भेला सम्पन्न भएको छ । भेलाले पुरुषोत्तम बस्यालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । जसको सदस्यहरुमा राजेन्द्र उप्रेती, प्रकाश परियार, ईन्दिरा मरासिनी, बसुन्धरा क्षेत्री, बिमला भट्टराई रहेका छन् ।
त्यसैगरी शिक्षक प्रतिनिधिमा रामप्रसाद बन्जाडे, सदस्य सचिवमा पुरुषोत्तम भट्टराई र वडा प्रतिनिधिमा डिल्लीप्रसाद शर्मालाई चयन गरिएको विद्यालयका प्रकाश भट्टराइले बताउनुभयो ।
त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा नरेन्द्र भण्डारी चयन हुनुभएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)