Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसइइमा सरिक हुने विद्यार्थीहरुलाई शान्ति नमुनाको शुभकामना 

एसइइमा सरिक हुने विद्यार्थीहरुलाई शान्ति नमुनाको शुभकामना 

  • 1.7K
    SHARES

  • एसइइमा सरिक हुने विद्यार्थीहरुलाई शान्ति नमुनाको शुभकामना 

    तिलोत्तमा, चैत १३ ।

    रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइइमा सरिक हुने विद्यार्थीहरुलाई आज सोमबार शुभकामना कार्यक्रम गरिएको छ ।

    शान्तिबाट यस बर्ष  एसइइ परीक्षामा सहभागी हुने ४ सय ६१ जना विद्यार्थीहरुको लागि विद्यालयको आयोजनामा शुभकामना कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुली लगायतले विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो । 

    यस्तै कक्षा १० का विद्यार्थीहरु पर्यत्न ज्ञवाली, अनिता पछाई, कामना ढकाल र श्रेया पंगेनीले आफ्नो अनुभव सहित धन्यवाद मन्तव्य राखेका थिए । students.jpg
    कार्यक्रममा शान्तिबाट कक्षा १२ उत्तीर्ण गरी यस बर्ष एमविविएसमा  छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीद्वय रेखा रेग्मी र सन्ध्या बस्ताकोटीलाई सम्मान समेत गरिएको थियो ।

    कक्षा १० का संयोजक शेखर पौडेलको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology