Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान कार्यक्रम  

अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान कार्यक्रम  

  • 1.1K
    SHARES

  • अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान कार्यक्रम  

    बुटवल,चैत्र १३ ।

    अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए ।

    रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका उपाध्यक्ष रेशम भण्डारीले बताए । कार्यक्रममा समाजका अर्का उपाध्यक्ष मनोज गौतमले अहिले पनि रगत दिन धेरैले आनाकानी गर्ने गरेको बताउंदै रक्तदान जीवनदान हो भन्ने जागरण पैदा गर्नका लागि पनि समाजले रक्तादन कार्यक्रम गर्दै आएको बताए ।

    समाजले यस अघि अप्ठयारामा परेकाहरुलाई सहयोग, विभिन्न आश्रममा खाद्यान्य सहयोग, सरसफाई, पारिबारीक मिलन जस्ता कार्यक्रम गर्दै आएको भन्दै उनले सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रम गरेको बताए ।

    समाजका सह सचिव रामचन्द्र अर्याल (आरसी)ले हरेक व्यक्ति १८ बर्ष पुरा भएपछि आफ्नो जन्मदिनमा हरेक बर्ष रक्तादान गरे बजारमा रगतको अभाव नहुने र धेरैको अकालमा मृत्यु हुनबाट बचाउन सकिने बताए ।

    गुल्मी जिल्लाको मालिका गाउंपालिका वडा नं. ६ अर्जै बाट विभिन्न पेशा व्यवसाय एवं स्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचाराको विकास गर्ने उद्देश्यले गठन भएको समाजले बार्षिक कार्ययोजना अनुसार विभिन्न कार्य गर्दै आएको छ । रक्तदान कार्यक्रमको सञ्चालन समाजका सचिव ओमप्रसाद अर्यालले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology