Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५३ सांसदको हस्ताक्षर

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५३ सांसदको हस्ताक्षर

  • 4.4K
    SHARES

  • लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५३ सांसदको हस्ताक्षर

    बुटवल,चैत्र १२।

    लुम्बिनी प्रदेश सरकारमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारमा रहेका आफ्ना मन्त्रीलाई राजीनामा दिएसँगै  नयाँ मुख्यमन्त्रीको लागि दाबी पेश गरिएको छ।

    नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमति मै मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन्। चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।

    संघीय सरकारमा नेकपा एमाले नेकपा माओवादीको गठबन्धन टुटेसँगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो। माओवादी सरकार बाहिरिएसँगै लुम्बिनीमा एमालेका संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

    कांग्रेस संसदीय दलका नेता चौधरीले ५३सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

    चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादीका दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका दलका नेता धर्मबहादुर चौधरी, लोसपाका दलका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका दलका नेता चन्द्रकेश गुप्ता, जसपाका दलका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी, जनमोर्चाका दलका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन भनेका छन्।lumbini-sarkari.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology