Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमा नगरपालिकाद्वारा ३ जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

तिलोत्तमा नगरपालिकाद्वारा ३ जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

  • 4.4K
    SHARES

  • तिलोत्तमा नगरपालिकाद्वारा ३ जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    बुटवल,चैत्र १२।

    राष्ट्रिय क्रिकेट टोलीका ३ जना खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा सम्मान गरिएको छ । नगरपालिकाले एक समारोहका बिचमा जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो ।

    आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो ।  भुर्तेल तिलोत्तमा–९, ढकाल तिलोत्तमा–१३ र खनाल तिलोत्तमा–३ निवासी हुनुहुन्छ ।

    उहाँहरुलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद पुरस्कारले सम्मान गर्नुभयो ।

    सो अवसरमा नगर प्रमुख खाँणले तिलोत्तमालाई क्रकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले खेलाडीहरुसंग सहकार्य गरेर नगरको खेलक्षेत्रको बिकास गरिने बताउनुभयो ।

    उहाँले खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय बिकासमा समेत टेवा पुग्ने भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको र गर्ने बताउनुभयो ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै खुशी ब्यक्त गर्दै थप सफलताको कामना गर्नुभयो ।
    नगर उपप्रमुख चौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गर्नुभयो ।

    खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको बताउँदै चौधरीको भनाइ छ ।

    सम्मान ग्रहणपछि राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गर्नुभयो । नगरपालिकाले आफूहरुलाई सम्मान गरेर खेलाडी उत्पादनका लागि समेत नयाँ अवसर सिर्जना गरेकोमा धन्यबाद समेत दिनुभयो । 

    tilottama nagar.jpg

    samman tilottama.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology