Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

  • 2.4K
    SHARES

  • बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

    बुटवल ,मंसिर १३ - 

    बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

    मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११ः२५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology