Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेताबीच सहकार्यकै आधारमा शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने छ :पूर्व गृहमन्त्री बालकृष्ण खाण

नेताबीच सहकार्यकै आधारमा शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने छ :पूर्व गृहमन्त्री बालकृष्ण खाण

  • 1.5K
    SHARES

  • नेताबीच सहकार्यकै आधारमा शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने छ :पूर्व गृहमन्त्री बालकृष्ण खाण

    बुटवल,चैत्र ११ ।

    नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा देखा परेका समस्यालाई साझा निष्कर्ष निकालेरै सम्बोधन गर्ने बताउनुभएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा सात दल र माओवादी मिलेरै शान्ति सम्झौता भएको स्मरण गर्दै उहाँले अहिलेको व्यवस्थापनमा देखिएका कमीकमजोरी भए सुधार गर्न सकिने उल्लेख गर्नुभयो। 

    पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार बुटवलमा आयोजित साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो। नेता खाणले भन्नुभयो, ‘‘नेताबीच सहकार्यकै आधारमा शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने छ, अहिले पनि शान्ति सम्झौताकै मार्गचित्रमै अघि बढिएको छ।’’

    अहिलेको अवस्थामा सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो। नेता खाणले अहिलेको गठबन्धन सहमति र सहकार्यकै बाटोमा रहेको बताउनुभयो। सरकार बनाउन र मन्त्री पद बाँडफाँडका लागि नभएको भन्दै देशमा देखिएका हरेक समस्याको समाधान,शान्ति प्रक्रियालाई पूर्णता दिन सहकार्य गरिएको उहाँको भनाइ छ।

    मुलुकले झेलिरहेका वर्तमान समस्या समाधानका लागि सामूहिक ढङ्गले अघि बढ्नुपरेको उहाँको कथन छ। उहाँले बुटवल यातायात सञ्जालको मूल केन्द्र रहेको बताउँदै नेता खाणले यस क्षेत्र गतिशील बनाउँदै लैजानुपर्ने बताउनुभयो।

    bk khad.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology