Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको बिकास निर्माणमा नगरप्रमुख पाण्डेयको चासो,वर्षाअघि नै आयोजना पूरा गर्न निर्देशन

बुटवलको बिकास निर्माणमा नगरप्रमुख पाण्डेयको चासो,वर्षाअघि नै आयोजना पूरा गर्न निर्देशन

  • 4.4K
    SHARES

  • बुटवलको बिकास निर्माणमा नगरप्रमुख पाण्डेयको चासो,वर्षाअघि नै आयोजना पूरा गर्न निर्देशन

    बुटवल,चैत्र ११ ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्यमुख्य योजनाहरुको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाहरुको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

    चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाहरुको शुक्रबार प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको थियो ।

    बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियान पथको पर्खाल र निर्माणाधीन योजनाहरुको अनुगमन गदै प्रमुख पाण्डेयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई सचेत गराउनुभयो ।nahar.jpg

    उहाँले निर्माण शुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गरिने बताउनुभयो ।

    नगरप्रमुख पाण्डेयले बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्नका लागि संघ र प्रदेशलाई समेत ताकेता गर्न आग्रह गर्ने र समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरु समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने बताउनुभयो ।

    नदीजन्य पदार्थको चोरीनिकासी रोक्न अनुगमन :nagar.jpg

    बुटवल उपमहानगरपालिकाको टोलीले तिनाउ नदीकिनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरीनिकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाएको छ ।

    बुटवलतर्फको नदीकिनार क्षेत्रबाट चोरीनिकासी बढेको पाइएको र सीमावर्ती स्थानीय तहहरुमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरुको समेत निगरानी गर्ने र स्थानीय तहहरुसँग छलफल गरेर नियमनमा ल्याउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

    उहाँले नदीजन्य पदार्थको चोरीनिकासी रोक्ने र आगामी वर्षामा बाढी र कटान रोक्नका लागि सुरक्षित बनाउने गरी काम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिनुभयो ।

    प्रमुख पाण्डेयले नगरप्रहरीसहितको टोलीले नियमित रुपमा निगरानी गर्ने र चोरीनिकासी रोक्नका लागि स्थानीयको समेत साथ आवश्यक रहने बताउनुभयो । उहाँले जिल्ला र नगरको सुरक्षानिकायलाई समेत चोरीनिकासमा थप संवेदनशील बन्नका लागि आग्रह गर्ने बताउनुभयो ।bato.jpgchauraha butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology