Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

  • 4.5K
    SHARES

  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

     बुटवल,चैत्र १० ।

    नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।  राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

    यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो।

    राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ। सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा  कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन्।

    भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ। प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।nagarik janata population.jpg

    भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर :

    सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। यहाँ ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लामा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ। एक वर्ग किलोमिटरमा १९८ जना बस्छन् जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) बढेको छ। अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ।

    २०६८ सालमा १८० जना मात्रै बस्‍ने गरेका थिए। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा रहेको छ। यहाँ एक वर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको छन्।

    सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन्।

    परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ :

    प्रतिवेदनअनुसार अहिले नेपालमा ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन्। एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ। २०६८ सालमा ४.८८ जना रहेको थियो । यस हिसाबले परिवारका सदस्यको संख्या घटेको देखिन्छ।

    साढे १५ लाख परिवारका करिब २२ लाख नागरिक विदेशमा :

    जनगणनाले करिब २२ लाख नागरिक विदेशमा रहेको देखाएको छ। जम्मा १५ लाख ५५ हजार ९६१ परिवारका कोही न कोही सदस्य विदेशमा रहेको देखिएको छ। त्यसमा २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसेको तथ्यांक कार्यालयले जनाएको छ।

    जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ जना (८२.२ प्रतिशत) र महिला तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

    नगरमा बस्ने बढे, गाउँमा घटे :

    नगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ। जम्मा जनसंख्याको ६६.१७ प्रतिशत नगरपालिकामा बस्ने गरेका छन्। गाउँपालिकाहरूमा बस्ने घटेका छन्। जम्मा जनसंख्याको ३३.८३ प्रतिशत गाउँमा बस्छन्।

    २०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology