Logo बुधवार, श्रावण १३ गते २०८३
images

बैङ्क तथा वित्तीय संस्थाको सार्वजनिक बिदा सूची सार्वजनिक,०८० सालमा ४४ दिन बिदा !

बैङ्क तथा वित्तीय संस्थाको सार्वजनिक बिदा सूची सार्वजनिक,०८० सालमा ४४ दिन बिदा !

  • 1.6K
    SHARES

  • बैङ्क तथा वित्तीय संस्थाको सार्वजनिक बिदा सूची सार्वजनिक,०८० सालमा ४४ दिन बिदा  !

    काठमाडौँ, चैत १० ।

    नेपाल राष्ट्र बैङ्कले २०८० सालका लागि बैङ्क तथा वित्तीय संस्थाको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । आगामी वर्ष बैङ्कमा ३५ शीर्षकमा बिदा हुने राष्ट्र बैङ्कले बिहीबार प्रकाशित सूचनामा उल्लेख छ । 

    बैङ्क बिदाको सूचीमा नयाँ वर्षदेखि मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बीका लागि)सम्म कुल ४४ दिन परेका छन् । २०८० सालको दशैँमा नौ दिन घटस्थापना र बाँकी फूलपातीदेखि द्वादशीसम्म बिदा दिइएको छ । यसैगरी २०८० सालको तिहारमा पाँच दिन बिदा दिइएको छ । तिहारमा लक्ष्मी पूजादेखि बिदा दिइएको छ ।

    राष्ट्र बैङ्कले बिदाका किसिमलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ । जसअनुसार ‘क’ पूरा दिनको बिदा र ‘ख’ आधार दिनको बिदा रहेका छन् । वर्षभरिको शनिबारको बिदालाई ‘क’मा राखिएको छ भने शुक्रबारको आधा दिनको बिदालाई ‘ख’मा राखिएको छ ।

    नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गरेमा नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएसलगायतका अत्यावश्यक बैङ्किङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म प्रवाह हुने राष्ट्र बैङ्कले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology