बुटवल,चैत्र ९ ।
बुटवल ११ मा रहेको तिनाउ इङ्गलिस बोर्डिङ स्कुलले फागुन १५ गतेदेखि शुरु गरेको सरसफाइ अभियान जारी छ ।
हाम्रो रहर सफा सुन्दर शहर भन्ने नाराका साथ बजार सफा गर्ने अभियान भैरहेको तिनाउ स्कुलकी प्राचार्य सिता पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।
कक्षा ८ र ९ का बिद्यार्थी सहभागि हुने यो अभियानले क्रमश बिभिन्न स्थानको सफाइमा जुटिरहेको छ । हरेक महिनाको दाेस्रो शनिबार सरसफाइ कार्यक्रम गरिने जनाइएको छ ।
बुटवलको राजमार्ग चाैराहामा करिब २ सय जनाले सडकमा रहेको फाेहाेर उठाएर सरसफाइमा सहभागिता जनाएको संयोजक पाण्डेको भनाइ छ । 

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)