Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल ११ सिर्जनानगरबाट लालपुर्जाविहीन जग्गाको सर्भे सुरु

बुटवल ११ सिर्जनानगरबाट लालपुर्जाविहीन जग्गाको सर्भे सुरु

  • 1.5K
    SHARES

  • बुटवल ११ सिर्जनानगरबाट लालपुर्जाविहीन जग्गाको सर्भे सुरु

    बुटवल,चैत्र ९ ।

    बुटवल उपमहानगरपालिकाले नापजाँच हुन बाँकी रहेका लालपुर्जाविहीन जग्गाहरूको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकहरूमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे सुरु गरेको हो ।

    बुटवल ११ सिर्जनानगरमा सर्भेको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्र लालपुर्जा नपाएकाहरूलाई लालपुर्जा दिलाउनका लागि उपमहानगरपालिकाले सबै प्रयास गर्ने बताए ।

    उनले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लकहरू छिटै नै नापजाँचको प्रक्रियामा जाने बताए।

    नगरप्रमुख पाण्डेयले अहिले वडा नं २, ११ र १२ का जग्गाहरूको नापजाँचको प्रक्रिया सुरु भएको र छिट्टै लालपुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताए ।

    वडा नं २ का करीब ३ सय घरधुरी, ११ का करीब ४ सय घरघडेरी र १२ का करीब १ सय २० घरधुरीको नापजाँच अगाडि बढेको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए । उनले डीजीपीएस सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताए।

    सर्भेमा बुटवल उपमहानगरपालिकाका ५ जना सर्भेक्षकहरू खटिएको र छिट्टै नै डीजीपीएस सर्भे पूरा गरी नापजाँचको काम सुरु गर्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology