Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकार नै भ्रष्टाचारीलाई जोगाउन लाग्यो: भरतकुमार शाह

सरकार नै भ्रष्टाचारीलाई जोगाउन लाग्यो: भरतकुमार शाह

  • 3.1K
    SHARES

  • सरकार नै भ्रष्टाचारीलाई जोगाउन लाग्यो: भरतकुमार शाह

    बुटवल,मंसिर १३ ।

    प्रतिनिधिसभा सदस्य तथा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै एकपक्षिय बन्दा भ्रष्टाचारीहरु कारबाहिमा नपरेको बताएका छन् ।

    रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शाहले भने— ‘प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेका छन्, गोकुल बास्कोटाको कारबाहि रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउने ओलीले नै दबाब दिएका छन् । ’

    ‘सरकारले अरुलाइ काम गर्न दिन्न,सरकारसंग पैसा,शक्ति,पुलिस आर्मी,प्रशासन छ,यसले नियुक्ति पनि त्यहिबाट हुने भएकाले दबाब दिएपछि कसरी कारबाहि हुन्छ ?’ सरकारले संसारभरको लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएको उनले आरोप लगाए ।

    सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको आरोप लगाए ।bharat kumar saha.jpg

    शाहले नेकपाभित्रको आन्तरिक द्धन्द्ध र सरकारको भ्रष्टचारका कारण देश बर्बादीको दिशामा गएको समेत धारणा राखे । नेकपाका लफडा राष्ट्रिय मुद्दामा नभई पदीय लडाइ ,भ्रष्टाचारमा भागबण्डा नभएको कारण रहेको दाबि गरे ।

    कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताए । उनले नेकपा नफुटोस् भनेर कामना समेत गरे ।

    राजधानी बुटवलबाट सार्न नेकपा महासचिब बिष्णु पौडेलले मौन समर्थन गरेको भन्दै शाहले तर फेरि अहिले पौडेलले बुटवलमा खुुद्रा बिकासे आयोजना देखाएर जनतालाइ लली पप देखाएको आरोप लगाए । ‘करिडोर,सडक ,खानेपानी शिलान्यास,स्कुल उद्घाटन गरेर बुटवलका जनताको मन जित्न अब नेकपाले नसक्ने भन्दै जनताको राजधानी सारेपछि बुटवलका रुपन्देहीका जनताको मन दुखेको छ ।

    उनले भने - ‘राजधानी सारिएकोमा खेद व्यक्त गर्दछु ,फुटकर बिकासको विषय देखाएर राजधानी साट्न सकिदैन । ’ साक्षात्कार काार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।varat kumar saha.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology