Logo बुधवार, श्रावण १३ गते २०८३
images

रुपन्देहीको तिलोत्तमामा गुट्खाजन्य पदार्थ विक्रि-बितरण गरेमा ५० हजारसम्म जरिवाना !

रुपन्देहीको तिलोत्तमामा गुट्खाजन्य पदार्थ विक्रि-बितरण गरेमा ५० हजारसम्म जरिवाना !

  • 2.0K
    SHARES

  • रुपन्देहीको तिलोत्तमामा गुट्खाजन्य पदार्थ विक्रि-बितरण गरेमा ५० हजारसम्म जरिवाना !

    बुटवल,चैत्र ९ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली बनाउनका लागि बिभिन्न महत्वपूर्ण निर्णय लागु गरे लगत्तै नियम नमान्नेलाइ जरिवाना तोकेको छ ।

    नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको हो । समुदायमा आधारित सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा चैत्र १ गते सो नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको थियो ।ramkrishna-khand.jpg

    सोही घोषणा कार्यान्वयनका लागि नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद अर्यालद्वारा  जारी भएका सुचनामा भनिएको छ – ‘मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ विक्रि गरेको भेटिएमा जारिवाना गरिने छ ।’

    नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ ।

    यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिने भनिएको छ । तोकिएको जरिवाना कडाइका साथ लागु गरिने नगरप्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।

    चैत्र १ बाट वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ , नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ ।tinapa letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology