Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमा-१७ का स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण

तिलोत्तमा-१७ का स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण

  • 3.6K
    SHARES

  • तिलोत्तमा-१७ का स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण

    बुटवल,चैत ८ ।

    सेवा प्रवाहलाइ थप गतिशिल बनाउनका लागि रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको छ । करिब २ लाखको लागतमा तिलोत्तमा वडा न १७ का १६ जना स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख रामकृष्ण खाँण,१७ का वडाध्यक्ष दानबहादुर चौधरी लगायतले साइकल बितरण गर्नुभएको हो ।

    सो अबसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो ।

    ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उहाँले भन्नुभयो – ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ । ’कोरोनाको महामारीमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाइ स्वास्थ्यक्षेत्रमा अब्बल बनाउन थप योगदान दिन आग्रह गर्नुभयो ।mayor khad (1).jpg

    ‘स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ तिलोत्तमा १७ का ’वडाध्यक्ष चौधरीले भन्नुभयो ।महिला स्वास्थ्य स्वयंसेविका साबित्रा पाण्डे बस्यालले साइकल बितरण आवश्यक रहेको र यसले सेवाप्रबाहमा आफूहरुलाइ सजिलो हुने र घरघरमा पुग्ने बताउनुभयो ।

    कार्यक्रममा तिलोत्तमा वडा न १७ का सचिव हरिप्रसाद खतिवडा, वडा न ५ का वडाध्यक्ष रमेश डुम्रे,शोभा राना, टोलबिकासका अध्यक्ष बुद्धिबल न्यौपाने,वडासदस्य सन्तबहादुर बस्नेत लगायतले बोल्दै साइकलको सहि सदुपयोग हुनुपर्ने बताउनुभयो ।

    महिला स्वास्थ्य स्वयंसेविकाले आ–आफ्नो क्षेत्रमा स्थायी-अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवद्र्धनअन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भ जाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनलगायत काम गर्दै आएका छन् ।cycle.jpgcycle dist (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology